ऐतिहासिक पृष्ठभूमि

जनस्तरको प्रयासबाट २००४ सालमा स्थापित श्री चण्डी विद्याश्रम र आदर्शसरल विद्यालयले विद्यार्थीहरूलाई निरन्तर शिक्षा प्रदान गर्दै आईरहेको अहिले ७० वर्ष पूरा गरिसकेको छु । यसको इतिहास हेर्दा स्थानीयवासीहरूकै प्रयास र सहयोगबाट व्यक्तिको घर छिँडीबाट पठनपाठन शुरूवात गरी समय समयमा विद्यालयमा विद्यार्थी स्वयम्‌ नै कोही शिक्षक, प्रधानाध्यापक त कोही व्यवस्थापकको हेसियतमा रही सेवा प्रदान गर्दै विद्यालयलाई आजको स्थितिमा पप्याएको हामी पाउँदछौ । यस विद्यालयमा अध्ययन गरेका हजारौं विद्यार्थीहरूले शिक्षा प्रदान गरी विभिन्न सरकारी र अर्घसरकारी कार्यालयहरूमा  च्च तहमा सेवा गर्ने अवसर प्राप्त गर्नुका साथै डाक्टर, इन्जिनियर, उद्योगी, व्यवसायी आदि विभिन्न पेशा व्यवसायमा क्रियाशील रही संसारका विभिन्न ठाउँमा विस्तार भएका छन । यस्तो लामो इतिहास बोकेको विद्यालयहरूमा राज्यको कमजोर शिक्षा नीतिका कारण विद्यालयको स्तर खस्किँदै जानुका साथै विद्यार्थीहरूको न्यूनतम संख्यासम्मको पनि अभावका कारण बन्द वा समायोजन गर्नुपर्ने अवस्थामा पुगेको तितो घटना पनि पारगर्दै नकवहिल र नागबहालमा संचालित दुई ऐतिहासिक विद्यालयहरू, श्री चण्डी विद्याश्रम माध्यमिक विद्यालय र आदर्श सरल माध्यमिक विद्यालय, आपसी समायो जन भई “श्री चण्डी आदर्शसरल माध्यमिक विद्यालयको नामबाट पुनर्जीवन प्राप्त गरी अहिले एघार कक्षा संचालन गर्दै ललितपुर जिल्लामा उत्कृष्ट सार्वजनिक विद्यालयहरूको पंक्तमा उभिन सफल भइरहेका छौं । विद्यार्थीहरू  द्यालयको पूर्वाधार र देशको भविष्यका कर्णधार हुन्‌ । विगतमा पनि विद्यालयका पूर्वाधारका रूपमा रहेका पूर्व विद्यार्थीहरूको सक्रियतावाट विद्यालय भवनको प्रारूप तयार पारी  भिन्न व्यवधानहरूको वावजुद सम्पूर्ण संस्थापक, शिक्षक, अभिभावक, विद्यार्थीहरू, रोटरी क्लव अफ यल, स्थानीय निकाय तथा नेपाल सरकार समेतका विद्यालयप्रेमीहरूको सहयोगमा तत्कालीन व्यवस्थापन  मितिले चाकुपाट, ललितपुरमा श्री चण्डी विद्याश्रमको भवन निर्माण गरी भौतिक पूर्वाधार तयार पार्न सफल भएकै कारण आज यो विद्यालयले आफ्नो प्रगतिका पाइलाहरू निर्वाध अगाडी बढाउन सम्भव भएको हो । यसका लागि विद्यालयका संस्थापनकालदेखि निरन्तर सेवा र सह्ृयोग प्रदान गर्दै आउनु भएका सम्पूर्ण संस्थापक, पूर्व व्यवस्थापकहरू, पूर्व शिक्षकहरू, पूर्व विद्यार्थीहरू, स्थानीय  द्धिजीविहरू, दाताहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक एवम व्यवस्थापन समिति परिवार र स्थानीय विद्यालयप्रेमीहरू विशेष बधाईका पात्र हुनुहुन्छ । अहिले फेरि विद्यालयका पर्ब विद्यार्थीहरूले आफुलाई पुनर्संगठित भई आपसमा मित्रता र सदभाव बृद्धिका साथै विद्यालयको प्रगतिमा सहभागी हुने कार्यमा शुरूवात गर्नु भई नयाँ बर्ष बि.स. २०७५ को संघारमा यो स्मारिका प्रकाशन एवम पूर्व विद्यार्थीहरूको पुनर्मिलन समारोह कार्यक्रम हुन लागेको अवसरमा विद्यालय व्यवस्थापन समितिको तर्फबाट सम्पूर्ण पूर्व विद्यार्थीहरूमा हार्दिक बधाई तथा यहाँहरूको  पसी मित्रतामा प्रगाढता र विद्यालयप्रतिको सदभाव एवम्‌ सहयोग अभिवृद्धि कार्यमा उत्तरोत्तर सफलता मिलोस्‌ भन्ने हार्दिक शुभकामनाका केही शव्द राख्न मौका दिन्‌ भएकोमा आभारी छु । हार्दिक बधाई तथा यहाँहरूको प्रयासको निरन्तरतामा सफलताका लागि हार्दिक शुभकामना ।